सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
बुधबार, पुस २७, २०७९
कांग्रेससँग राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति भएको छैन : प्रधानमन्त्री
मंगलबार, पुस २६, २०७९
मंगलबार बसेको प्रतिनिधिसभामार्फत् विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको बताएका हुन् ।
तस्बिरमा प्रतिनिधिसभा बैठक
मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्री प्रचण्डसहित दलका शीर्षनेताहरुले आ-आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले देशको विकास र समृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त
मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको र विपक्षमा २ मत परेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।
पृथ्वी जयन्ती र एकता दिवस कुनै पार्टीको मात्र होइन : राजेन्द्र लिङ्देन
मंगलबार, पुस २६, २०७९
प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद दिए ।
लोकतन्त्रलाई प्रक्रियामात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार
मंगलबार, पुस २६, २०७९
प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने जाेड दिए ।
कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : देउवा
मंगलबार, पुस २६, २०७९
प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै सभापति कोइरालाले बलियो प्रतिपक्षबिना सरकारले काम गर्न नसक्ने भएकाले कांग्रेस प्रतिपक्षमै रहने जानकारी गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागे संसदमा विश्वासको मत (पूर्ण पाठ)
मंगलबार, पुस २६, २०७९
सम्माननीय सभामुख महोदय,
नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षको परिणाम हो । म...
नागरिक उन्मुक्तिको अनिर्णयले सुदूरपश्चिममा मुख्यमन्त्री चयन अन्याेलमा
मंगलबार, पुस २६, २०७९
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले बुधबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय पनि तोकि सकेका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न तोकेको समय आउन अब एक दिन मात्रै बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीको स्पष्ट निर्णय नहुँदा प्रदेशमा कसकाे नेतृत्वमा सरकार बन्ने भन्ने अझै टुंगाे लाग्न सकेको छैन...
प्रधानमन्त्री प्रचण्डलाई सशर्त विश्वासको मत दिने नेकपा एसको निर्णय, तर सत्तापक्षमा नरहने
मंगलबार, पुस २६, २०७९
मंगलबार बसेको सचिवालय बैठकले आफूहरुको एजेण्डा कार्यान्वयन गर्ने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
मंगलबार, पुस २६, २०७९
नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।
केन्द्रलाई गाली गर्दै गण्डकीको मुख्यमन्त्रीबाट बिदा भए पोखरेल
मंगलबार, पुस २६, २०७९
राजनीतिक समिकरण फेरिएका कारण १५ सीटको कांग्रेस सत्ताको नेतृत्वमा पुगेको हो । माओवादीको सहयोगले सत्तामा पुगेको कांग्रेस अहिले माओवादीकै असहयोगले सत्ताच्युत भएको छ ।
जनताका अपेक्षा निराशामा नबदलिउन् : देउवा
सोमबार, पुस २५, २०७९
आज सुरु भएको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको भावना अनुरुप काम गर्न अनुरोध पनि गरेका छन् ।

