Public Pana
एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक सुरु
एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक सुरु कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ ।
देशभरका सिडियोलाई गृहमन्त्रीको निर्देशन- शीतलहरबाट जनता जोगाउनू
देशभरका सिडियोलाई गृहमन्त्रीको निर्देशन- शीतलहरबाट जनता जोगाउनू देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका गृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका हुन् । 
बालुवाटारमा प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल
बालुवाटारमा प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल सरकारको समर्थनमा आयोगले राष्ट्रपति निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था रहेको छ । सोही विषयमा छलफल गर्न आयोगका पदाधिकारी बालुवाटार पुगेका हुन् । 
सरकारबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक
सरकारबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्दैछ ।  यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि पोलिटब्यूरो डाकिएको हो ।
गृहमन्त्री लामिछानेले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक
गृहमन्त्री लामिछानेले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए ।
दाङस्थित नयाँ राजधानी भनवमा यस्तो थियो लुम्बिनीका सांसदको शपथ
दाङस्थित नयाँ राजधानी भनवमा यस्तो थियो लुम्बिनीका सांसदको शपथ  दिउँसो २ बजेर १२ मिनेट जाँदै गर्दा शपथका लागि शेरचरणलाई बोलाइएको भए पनि शपथ खुवाउने बेहोरा टेवुलमा आइनपुगेपछि केहीबेर सन्नाटा छाएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले  बेहोरो छुटेको भन्दै सबै सांसदलाई बस्न आग्रह गरेका थिए । 
संसद्ले २२ पुसमा बोलायो सर्वदलीय बैठक, यस्तो छ एजेन्डा
संसद्ले २२ पुसमा बोलायो सर्वदलीय बैठक, यस्तो छ एजेन्डा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही कारण बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँडका विषयमा छलफल गर्न राणाले २२ पुसमा बैठक बोलाएका हुन् ।
प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान
प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान दिएका हुन् । यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् ।  
माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन
माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन संसदीय दल आयतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन भएका हुन् । 
लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज, जनमतका सांसदले मातृ भाषामा शपथ लिने
लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज, जनमतका सांसदले मातृ भाषामा शपथ लिने प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ ।  संसद अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ ।
सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यले लिए शपथ
सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यले लिए शपथ त्यसलगत्तै प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेश सभामा शपथ गराइएको हो । प्रदेश प्रमुखबाट शपथ खाएका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश सभाका बाँकी ५२ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथपछि प्रदेशसभा सचिवालयले चियापनको अयोजना गरेको थियो ।
प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, मोदीको बधाई पत्र हस्तान्तरण
प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, मोदीको बधाई पत्र हस्तान्तरण सो अवसरमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका बधाई पत्र प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।
Weather Update