जनमत पार्टीले पायो उद्योग मन्त्रालय
सोमबार, पुस ११, २०७९
राप्रपा सरकारमा नजाने तर समर्थन गर्ने : अध्यक्ष लिङ्देन
सोमबार, पुस ११, २०७९
संघीय संसद नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकबाट बाहिर निस्कने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा नजाने तर समर्थन भने गर्ने बताएका छन् ।
रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
सोमबार, पुस ११, २०७९
यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ ।
जनमत पार्टीले पायो उद्योग मन्त्रालय
सोमबार, पुस ११, २०७९
जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालयमा मागेका थिए ।
जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् ।
एमालेबाट विष्णु पौडेलसहित ४ नेता सरकारमा जाँदै, आजै शपथ
सोमबार, पुस ११, २०७९
उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाँदैछन् । यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ । उनीहरूको सम्भवतः आजै शपथ ग्रहण हुनेछ ।
प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने
सोमबार, पुस ११, २०७९
सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले तीन जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो । अध्यक्ष प्रचण्डसहित उपप्रधानमन्त्रीहरुको शपथ अहिले दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुँदैछ ।
रवि लामिछानेकाे नेतृत्वमा रास्वपा सरकारमा जाने
सोमबार, पुस ११, २०७९
रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन । आज दिउँसो प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्दैछन् ।
सत्ता गठबन्धनको बैठक सुरु, भागबण्डाबारे छलफल हुँदै
सोमबार, पुस ११, २०७९
बैठकमा प्रधानमन्त्री दाहालसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका गठबन्धनका नेताहरूको सहभागिता छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयको काम भोलिदेखि देउखुरीबाट
आइतबार, पुस १०, २०७९
बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार सोमबारदेखि सचिवालयको सबै काम देउखुरीबाट हुनेछ ।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताका विषयमा लोसपा अनिर्णित
आइतबार, पुस १०, २०७९
लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।
उनले आफूहरू अहिले बालकोटसँग नभएको बताए । उनले चुनावमा कांग्रेससँग मिलेर तालमेल गरेकाले आफूहरू सोही पार्टीसँग रहेको बताए ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त
आइतबार, पुस १०, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् ।
आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी
आइतबार, पुस १०, २०७९
तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयनको संघर्ष चलेको थियो ।
प्रचण्डलाई बधाई, अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई
आइतबार, पुस १०, २०७९
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । र उक्त सहमतिअनुसार संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न एमाले, माओवादी केन्द्रसहित दलका शीर्षनेता राष्ट्रपति कार्यालय पुगेका छन् ।

