Public Pana
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन आज घटेर प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।   
मन्दाकिनी हाइड्रोपावरकाे पाँच प्रतिशत लाभांश घोषणा
मन्दाकिनी हाइड्रोपावरकाे पाँच प्रतिशत लाभांश घोषणा कम्पनीको बिहीबार मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहितको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो
पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइ एयर, जजिरा एअरवेजले चासो देखाएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलबाट नेपाली विमान कम्पनी बुद्ध एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्न अनुमति मागेका छन् । 
यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरअनुसार  युरोपियन युरोमा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३२ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको  खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।
बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन
बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन गत वर्ष जिल्लाभर रु २० करोड सात लाख ५० हजारको सुन्तला उत्पादन भएकामा यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर चार हजार तीन सय ८० मेट्रिक टन पुगेको प्रमुख भट्टराईको भनाइ छ ।
पदाधिकारी र कर्मचारीको भत्तामै नौ अर्ब खर्च
पदाधिकारी र कर्मचारीको भत्तामै नौ अर्ब खर्च सबैभन्दा धेरै खर्च महँगी भत्तामा भएको छ । यो शीर्षकमा पाँच अर्ब ५९ करोड ५२ लाख ६१ हजार खर्च भएको छ । सरकारले महँगी भत्ताबापत कर्मचारीलाई मासिक दुई हजार दिन्छ । आव ०७८/७९ मा सरकारले सबै कर्मचारीको तलब मासिक दुई हजारका दरले बढाएको थियो । चालू आवमा पनि सबै कर्मचारीको...
सेयर बजार १४.४८ अंकले घट्यो
सेयर बजार १४.४८ अंकले घट्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २१० कम्पनीको कारोबार हुँदा २८ कम्पनीमा वृद्धि भएको र १६७ कम्पनीमा ओरालो लागेसँगै १५ कम्पनी स्थिर रहेको छ । यस्तै, कुल २५४ कम्पनीको कारोबारमा ४८ लाख चार हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार...
वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर चार दशमलव दुई प्रतिशत कायम गर्नुपर्ने
वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर चार दशमलव दुई प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै चैतदेखि वाणिज्य बैंकले चार दशमलव दुई प्रतिशत र विकास बैंक तथा वित्त कम्पनीले चार दशमलव आठ प्रतिशतभन्दा बढी स्प्रेडदर नहुने व्यवस्था गर्न निर्देशन दिएको हो ।
सुनको मूल्य प्रतितोला रु एक लाख
सुनको मूल्य प्रतितोला रु एक लाख  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार सात सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको...
एशियन हाइड्रोपावरको आइपिओ खुला
एशियन हाइड्रोपावरको आइपिओ खुला कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ४० प्रतिशत अर्थात एक लाख ३६ हजार कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका ३ र ४  तथा सूर्याेदय नगरपालिका –११ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
आजको शेयर बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
आजको शेयर बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो  आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर रु एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ । आजको कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् भने एक सय ५९ कम्पनीका शेयर मूल्य घटेका छन् । 
दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से
दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से  आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ । यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको...
Weather Update