Public Pana
निर्वाचनसम्म आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह
निर्वाचनसम्म आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो ।
सेयर बजारमा सामान्य गिरावट
सेयर बजारमा सामान्य गिरावट आज नेपाल स्टक एक्सचेञ्जको कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो । 
धितोपत्रको मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी योग्य
धितोपत्रको मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी योग्य नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्छ । 
आजबाट लागू भयो बीमा ऐन, समिति अब प्राधिकरण
आजबाट लागू भयो बीमा ऐन, समिति अब प्राधिकरण नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमनकारी निकायका रुपमा रहने र नेपाल सरकारको बीमासम्बन्धी सल्लाहकारका रुपमा काम गर्ने व्यवस्था नयाँ बीमा ऐनमा राखिएको छ । 
कुवेत एयरले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने
कुवेत एयरले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरका अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो ।
तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख
तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख मुलुकभित्रै उत्पादन गर्न सकिने कृषि उपज र अन्य उपभोग्य वस्तुदेखि नभए पनि हुने र आयात गर्नु नै नपर्ने तासजस्ता वस्तु पनि निर्वाध रुपमा देशभित्र भित्रिइरहेका छन् । अनावश्यक वस्तुको आयातमा बाहिर जाने रकमले मुलुकको सञ्चितिमा असर पारेको छ ।
उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै
उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै  नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपरान्ह दिल्ली पु¥याउने भएको हो ।
दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक
दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा रहेको भन्दा बढी रकमको कारोबार गरेमा त्यस्तो कारोबारका लागि नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा उपलब्ध गराउँछ । यो बैंक तथा वित्तीय संस्थाहरुको कारोबार फछ्र्यौट प्रक्रियालाई थप सहज बनाउन वास्तविक समयमा उपलब्ध गराइने सुविधा हो ।
दुई महिनामै भित्रियो एक खर्ब ८७ अर्ब बढी रेमिट्यान्स
दुई महिनामै भित्रियो एक खर्ब ८७ अर्ब बढी रेमिट्यान्स नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलर आकाशियो, नेपाली मुद्रा इतिहासकै कमजोर
अमेरिकी डलर आकाशियो, नेपाली मुद्रा इतिहासकै कमजोर बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको छ ।
शेयर बजारमा दोहोरो अंकको गिरावट
शेयर बजारमा दोहोरो अंकको गिरावट आज नेप्से १२.८१ अंकले घटेर एक हजार ८ सय ४५ दशमलब ५१ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.६१ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ३३ विन्दुमा बन्द भएको थियो । 
देशैभरका प्याराग्लाइडिङ उडानमा रोक
देशैभरका प्याराग्लाइडिङ उडानमा रोक प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्म स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
Weather Update