बलिवुड अभिनेता सैफ अली खानलाई आक्रमण गरेका संदिग्ध व्यक्ति पक्राउ
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । बलिवुड अभिनेता सैफ अली खानलाई उनकै घरमा पुगेर चक्कुले आक्रमण गरेका संदिग्ध व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले उनलाई पक्राउ गरेर सोधपुछ गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार आक्रमणपछि बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा संदिग्ध व्यक्ति देखिएको थियो । उनलाई यही क्षेत्रबाट हिरासतमा लिइएको बताइएको थियो । जनवरी १५ मा बिहान २.३० बजे संदिग्ध व्यक्ति सैफको घरको छैटौं तलाबाट तल झर्दै गरेको सिसिटिभी देखिएको थियो ।
यस आक्रमणमा अभिनेतालाई घाँटी, ढाड, हात र टाउको सहित ६ ठाउँमा चक्कु प्रहार गरिएको थियो । घाइते सैफ अली खानको हाल लीलावती अस्पतालमा उपचार भइरहेको र उनी हाल खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १२:४९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    