
नेप्से परिसूचक ३ हजार पार भएको छ । मंगलबार ३०.७६ अंकले बढेर आज ३००२.०७ विन्दुमा पुगेको हो ।नेप्से २०७८ को भदौमा २ गते ३१९८ विन्दुमा पुगेको किर्तिमान रहेको छ ।
यस अघि गत बर्ष साउन ३० गते ३०००. ८१ विन्दुमा पुगेर घट्न शुरु भएको थियो ।आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज मुक्तिनाथ कृषि कम्पनि, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै नदीप लघुवित्तको सेयर मुल्यमा ९.९९ बढेको छ ।
त्यस्तै आज समता घरेलु लघुवित्तको सेयर मुल्य सबैभन्दा बढी ८.६० प्रतिशतले घटेको छ ।आज सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको ६४ करोड ४१ लाखको र ग्रीन भेन्चरको ६३ करोड ८२ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।