टिपरले किचेर स्कुटर चालक मारेपछि बनेपाको अवस्था तनावग्रस्त
अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि बनेपा बजार तनावग्रस्त बनेको छ ।
बनेपाको चाँदनी चोकमा बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२(०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।
दुर्घटनामा एक महिला घाइते भएकी छन्। दुर्घटनापश्चता आक्रोशित स्थानीयले टिपर जलाइदिएका छन्।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदर्शन नियन्त्रण लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।
आक्रोशित स्थानिय र मृतकका आफन्तहरुले चालकलाई कडा कारवाही र मृतकलाई क्षतिपुर्तिको माग गर्दै अरनिको राजमार्ग अन्र्तगत धुलीखेल बनेपा सडक अवरुद्ध गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२ १२:१०
प्रतिक्रिया दिनुहोस्

