तीज कार्यक्रममा पशुपति शमशेर रमाउनुका साथै वृद्धाहरुलाई सम्मान

काठमाडौंको गौशालास्थित अनुपम फुडल्यान्डमा उप्रेती समाज सेवा समितिले आज सोमबार तीज कार्यक्रम आयोजान गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबरा र उनकी श्रीमती उषा राज्यलक्ष्मी राणा थिए ।
पशुपति शमशेरकी श्रीमती उषा राज्यलक्ष्मी पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएकी हुन् ।
उषाले तीज कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताइन् ।
त्यस्तै, पशुपति शमशेरले श्रीमती उषासहित तीजमा नाच्न पाउने अवसर यसअघि नजुटेको बताए ।
‘म र मेरी पत्नी भएर तपाईंहरुसँग बिताउन पाउँदा खुसी भएको छु,’ उनले भने ।
कार्यक्रममा उपस्थितहरुसँग उषा र पशुपतिले नाचगान गरेका थिए । कार्यक्रममा उनीहरुले ७५ वर्षमाथिका वृद्धहरुलाई सम्मान गरे ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १७:०६
प्रतिक्रिया दिनुहोस्