काठमाडौँको सोल्टिमोडमा नेपाली सेनाका लेस नायक सुमन कार्की मृत फेला
काठमाडौँ महानगरपालिका वडा नम्बर १३ सोल्टिमोडस्थित दरबार बैंकेटअगाडि सडक पेटीमा नेपाली सेनाका लेस नायक मृत अवस्थामा भेटिएका छन्।
लेस नायक वर्ष २६ का सुमन कार्की सडकमा मृत अवस्थामा फेला परेको गणेश दल गण जंगीअड्डा भद्रकालीका उपसेनानी रक्षा कार्कीले जानकारी दिइन्।
उनका अनुसार लेस नायक कार्की जंगी अड्डा भद्रकालीमा कार्यरत थिए।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०९:३३
प्रतिक्रिया दिनुहोस्


