मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुनसक्ने
आइतबार, असार ९, २०८१
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
आइतबार, असार ९, २०८१
प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, असार ९, २०८१
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्नेछ ।
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आइतबार, असार ९, २०८१
काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै देशका बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँका यी क्षेत्रमा दुई दिन विद्युत अवरुद्ध हुने
शनिबार, असार ८, २०८१
कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा दुई दिन विद्युत् सेवा प्रभावित हुने जनाएको हो ।
ब्राजिलबाट स्वदेश फर्किए बालेन
शनिबार, असार ८, २०८१
स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन् ।
मुख्यसचिव बैकुण्ठ अर्यालसँग प्रधानमन्त्री असन्तुष्ट, हटाउने उपाय खोज्न्दै बालुवाटार
शनिबार, असार ८, २०८१
सरकारका निर्देशन र कतिपय नीतिगत निर्णयलाई मुख्यसचिव अर्यालले कार्यान्वयनमा लैजान अटेर गर्ने गरेको पाइएपछि प्रधानमन्त्री दाहाल मुख्यसचिवको कार्यशैलीबाट आजित भएको प्रधानमन्त्रीका निकटवर्तीहरुले बताएका छन् ।
भारतीय नोकरलाई शोषण गरेपछि बेलायतका हिन्दुजा परिवारलाई ४ बर्षको जेल सजाय
शनिबार, असार ८, २०८१
हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट नोकर बोलाएर शोषण गरेको आरोप छ ।
क्यानडामा हुने ग्लोबल टी-२० मा नेपालका तिन क्रिकेटर खेल्ने
शनिबार, असार ८, २०८१
रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् ।
दैनिक अन्डा खुवाउँदा कलिला बालबालिकाको उचाइमा फाइदा
शुक्रबार, असार ७, २०८१
एउटा अध्ययनले दैनिक एउटा अन्डा खाँदा कुपोषणग्रस्त नवजात शिशुलाई स्वस्थ उचाइ हासिल गर्न सहयोग गर्ने देखाएको छ। इक्वेडरमा ६ महिनासम्म गरिएको अध्ययनपछि यस्तो नतिजा सार्वजनिक गरिएको हो।
राजदूतमा भागबन्डा टुंगियो, माओवादीलाई रास्वपाभन्दा कम सङ्ख्या
शुक्रबार, असार ७, २०८१
काठमाडौँ । सत्ताधारी प्रमुख दलहरू भागबन्डामा राजदूत नियुक्ति गर्न सहमत भएका छन् ।
सहकारी ठगी प्रकरण : गृहमन्त्री लामिछानेलाई निलम्बन गर्ला सर्वाेच्चले ?
शुक्रबार, असार ७, २०८१
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका थिए ।
सक्रिय बन्दै मनसुन , गण्डकीमा भारी वर्षा, अन्यत्रको मौसम कस्तो रहला ?
शुक्रबार, असार ७, २०८१
हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म फैलिएको छ । देशका बाँकी भूभागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

