काठमाडाै- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली काग्रेसका सासद विनाेद चाैधरीमाथि अनुसन्धान भइरहेकाे भनि जानकारी गराएकाे छ । ससदकाे वजेट अधिवशेन चलिरहेकाले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद चौधरीमाथि आफूहरुले सरकारी जग्गा घाेटलामा अनुसन्धान गरिरहेको जानकारी गराएको हाे ।
ससद सचिवालय स्राेतका अनुसार सभामुखलाई अनुसन्धानकाे जानकारी दिने गरि सिआइबीकाे पत्र ससदमा आएकाे छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको पत्रमा लेखिएकाे छ ।
बाँसबारी छाला जुत्ता कारखाना लि.को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ’, सीआईबीको पत्रमा उल्लेख छ ।
शुरुमा उनलाई अनुसन्धानका लागि बाेलाउन र नआएमा पक्राउ गर्ने सिआईबीकाे तयारी रहेकाे छ । यसअघि गृहमन्त्री रवि लामिछानेले चाैधरीलाई अनुसन्धानकाे दायरमा ल्याउन सिआईबीलाई निर्देशन दिएका थिए । यसअघि सुन तस्करी प्रकरणमा माओबादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका थिए । यदि पक्राउ परेमा उनी दाेस्राे ठुलाे ब्यक्ती हुने छन् ।


