प्रधानमन्त्री प्रचण्डले बाेलाए मन्त्रीपरिषदकाे बैठक
                        
                        
                                                
                                            
                                                                    काठमाडाै- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदकाे वैठक बाेलाएका छन् । बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्न लागेकाे हाे ।
शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक तय भएकाे एक मन्त्रीले जानकारी दिए ।
यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुन समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्याइएको हो ।
बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:२५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

