सरकारको नीति तथा कार्यक्रम
                                                
                    
                
                            
                                नीति तथा कार्यक्रम: गरिब घर परिवार पहिचान गरिने
                        
                        
                                                
                                            
                                                                    सरकारले गरिबीको रेखामुनी रहेका परिवारलाई विद्युतीय चुलो र ट्युबेल लगायत सामग्री उपलब्ध गराउने नीति अघि सारेको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको योजनावारे बताएका हुन ।
उनले गरिब घर(परिवार पहिचान गरि त्यस्ता गरिबहरूको स्थानीय तहमार्फत निःशुल्क बिमा गरिने बताएका छन्।
गरिब लक्षित कार्यक्रम एकीकृत रूपमा सवै जिल्लामा अघि बढाइने पनि राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:५९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

