पेट्रोलियम पदार्थको मूल्य घट्यो
                        
                        
                                                
                                            
                                                                    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २१:४१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

