लगातार बढ्दै सुनको मुल्य, तोलाको १ लाख ६० हजार नाघ्यो
                        
                        
                                                
                                            
                                                                    आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।
यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 
यस्तै चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलाको १९५५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
 
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:००
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

