परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीबिच आज छेन्दुमा द्विपक्षीय भेटवार्ता हुँदै
                        
                        
                                                
                                             
                                                                    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएकी छिन् । चीनको छन्दु सहरमा यो भेटवार्ता हुनेछ ।
यसका लागि राणा हिजो नै चीनको छन्दु पुगेकी छन् । वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो चीन प्रस्थान गरेकी थिइन् ।
प्रधानमन्त्री केपी ओलीको यही १७ गतेदेखी हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन पुगेकी हुन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०९:२९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    