सहकारी ठगी प्रकरण
                                                
                    
                
                            
                                रबी लामिछानेको आज काठमाण्डौंमा बयान लिने सरकारी वकिलको तयारी
                        
                        
                                                
                                             
                                                                    सहकारी ठगी र संगठित अपराध कसुरमा कास्कीमा मुद्धा खेपिरहेका प्रराष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेको आजदेखी काठमाण्डौंमा बयान लिइने भएको छ । प्रहरीले हिजो बिहीबार जहाजमार्फत लामिछानेलाई काठमाडौं ल्याइएको हो ।
उनको आज सरकारी वकिलको कार्यालयमा बयान हुने प्रहरीले जनाएको छ ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा समेत संलग्नता रहेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही सहकारी ठगीको अनुसन्धानको लागि उनलाई काठमाडौं ल्याइएको हो । काठमाण्डौंमा बयान सकिएपछि लाछिानेलाई पुनः कास्की लैजाने प्रहरीको तयारी छ ।
लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गरी पोखरा लगिएको थियो । आज ४१औं दिनमा उनलाई काठमाडौं ल्याइएको हो । 
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०९:३४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    