आज दुई संसदीय समितिको बैठक बस्दै
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । संघीय संसद् अन्तरगत आज दुई संसदीय समितिको बैठक बस्दैछन् ।
आज राज्य व्यवस्था तथा सुशासन समिति तथा पूर्वाधार विकास समितिको बैठक बस्न लागेको संसद सचिवालयले जानकारी दिएको हो ।
जसअनुसार मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल हुने भएको छ।
त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १०:१५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    