तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा. शारदा थपलियाको शपथ लिएका हुन् ।
प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गरे । सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १३:१९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    