 
                                                                    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले नेता कार्यकर्तालाई सामाजिक सञ्जालको प्रयोग बारे नयाँ नियम लागू गरेको छ ।
जनमत पार्टीले पदाधिकारीहरूलाई हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर वा एक्स, टिकटक आदि) मा गर्न निर्देशन दिन सूचना जारी गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको निर्णायानुसार जनमत पार्टीले आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि पार्टीको सकारात्मक प्रचार-प्रसारमा अनिवार्य जोड्ने र त्यसलाई अनुगमन समेत गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयमा भनिएको छ, ‘पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले सो पोस्ट गरे-नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेश गर्नेछ । मासिक रूपमा २० वटा बढी पोस्ट आए राम्रो, १०–२० आए औसत, ३–१० पोस्ट आए सामान्य र ३ भन्दा कम पोस्ट आए निष्क्रिय मानिनेछ। सो मूल्याङ्कन अन्य जिम्मेबारी तोक्दा प्रयोग गरिनेछ, राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेबारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिनेछ ।’
जनमतले पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले सो पोस्ट गरे-नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेश गर्न समितिलाई जिम्मा दिएको छ ।
जनमतले सो मूल्याङ्कन अन्य जिम्मेबारी तोक्दा प्रयोग गरिने पनि नियम बनाएको छ । राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेबारीबाट हटाउनेसम्मको सिफारिश गर्न सकिने प्रावधान लागू गरेको छ ।
जनमतले पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले २०८१ पौष मसान्तसम्ममा आ-आफ्नो सामाजिक सञ्जालको आईडी सामाजिक सञ्जाल अनुगमन समिति, पिएन माझीलाई जानकारी गराउनु पर्ने व्यवस्था समेत गरेको छ ।



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    