 
                                                                    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शेरा दरबार प्रकरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जोडेर प्रचार गर्नुको कुनै आधार नभएको स्पष्टीकरण दिएका छन् ।
सोमबार सापकोटाले विज्ञप्ति मार्फत भनेका छन्- 'केही सञ्चार माध्यममा प्रकाशित नुवाकोटको "शेरा दरवार” जग्गा प्रकरणमा हाम्रो पार्टी ने.क.पा.(माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्डको नाम जोडेर भैरहेको प्रचार बाजि प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकरणमा पार्टी अध्यक्षलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन। जग्गा प्रकरणका मुख्य भनिएका व्यक्ती विकेश श्रेष्ठ पार्टिको कुनै जिम्मेवारीमा पनि छैनन र पार्टिको कुनै गतिविधिमा पनि संलग्न छैनन। प्रमाण र सत्य तथ्यका आधारमा हुने कानुनी कारबाहीमा हाम्रो असहमती नरहने कुरा स्पष्ट पार्न चाहान्छु ।'



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    