माधव नेपालसँग छलफल गरेपछि वामदेव भन्छन्-  नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । नेता वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्।
सोमबार नेकपा एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलमा पुराना संस्मरणहरु पुनःजीवित गरेको गौतमले बताएका छन् ।
भेटमा नयाँ पाइलासँगै अघि बढाउने बारेमा छलफल भएको बताउदै उनले भने- ‘पुराना पुराना संस्मरणहरु पुनः जीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो । र आजलाई स्थगित भयो। पार्टीमा आउने सम्भावना छँदैछ ।’
नेता गौतम एकीकृत समाजवादीमा वरिष्ठ नेताको पद लिएर प्रदेश गर्न लागेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १८:००
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    