आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन शुरु हुदै
                        
                        
                                                
                                             
                                                                    बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो ।
प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ ।
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०७:१९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    