कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को ९ बमोजिम सदस्य मनोनीत गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ सो विभागमा प्रमुख छन् ।
मनोनयन भएका सदस्यहरूमा खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), ध्रुव खड्का (काठमाडौं), जमसेर अलि मियाँ (कपिलवस्तु), सिताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), सञ्जीव घिमिरे (झापा), जुनु गुरुङ (लम्जुङ),
विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौं) रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १९:११
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    