नयाँ बर्षको शुभकामना दिदै प्रधानमन्त्रीले भने- सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् !
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उदाउँदो सूर्यको तस्बिर राखेर नयाँ वर्ष सन् २०२५ को शुभकामना दिएका हुन् ।
उनले लेखेका छन्- ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’
ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०८:५४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    