प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए ।
यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ११:४८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    