तरुण दलको राष्ट्रिय भेला स्थगित
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको राष्ट्रिय भेला स्थगित भएको छ ।
तरुण दलले आज एक सूचना जारी गर्दै आवश्यक तयारी नपुगेको भन्दै पूर्वनिर्धारित भेला स्थगित गरेको जानकारी गराएको छ । अर्को भेलाको मिति तोकिएको छैन् ।
यसअघि तरुण दलले पुस २२ र २३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको काठमाडौँमा भेला गर्ने तय गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १५:३३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    