नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सन् १९६६ मा उनले डा. नारायण केशरी शाहसँग विवाह गरेकी थिइन्। उनका दुई छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह छन् । विन्देश्वरी रास्वपाका नेता तथा पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन् ।
शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा उनी बढुवा भएकी थिइन् ।
सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन् । विन्देश्वरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्येश्वरी शाहकी बुहारी हुन् ।
 
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:३२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    