माओवादी केन्द्रले '६ महिने जागरण अभियान' चलाउने
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने भएको छ ।
बिहीबार बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जागरण अभियान बारे ब्रिफिङ गरेका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, '६ महिने जागरण अभियान चलाउने भनेर हाम्रो अध्यक्षले भन्नुभएको छ ।'
प्रवक्ता सापकोटाका अनुसार अभियान दुईतिरबाट हुनेछ । एउटा हुलाकी राजमार्ग र अर्को मदन भण्डारी लोकमार्गबाट अभियान चलाइने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १७:५५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    