परराष्ट्रमन्त्री राणाले दिइन् प्रथम महिला राजदूत शाहलाई श्रद्धाञ्जली
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्।
दिउँसो काठमाडौंको कालिमाटीस्थित शाहको निवासमा पुगेर मन्त्री राणाले उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिएकी हुन् ।
पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । परराष्ट्र सेवामा रहेकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १७:३०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    