रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।
केन्द्रीय समिति बैठक यही शनिबार र आइतबारका लागि बोलाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बैठकमा समसामयिक राजनीतिक छलफल, स्थानीय तह उपनिर्वाचन समीक्षा, सहकारी सम्बन्धी अध्यादेश, संविधान परिमार्जन लगायतको विषयमा छलफल गरिने बुर्लाकोटीले जानकारी दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १९:०४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    