ठगीको आरोपपछि लेखा समिति सभापतिका स्वकीय सचिव पदबाट निकालिए
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अनिल पोखरेललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् ।
पोखरेलविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको र अनुसन्धानमा सघाउन भन्दै उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरिएको पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अनिल पोखरेलविरुद्ध एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै अनिलले ३८ लाख रुपैयाँ लिएको आरोप छ।

 
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १२:२९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    