पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-६ बस्ने ३६ वर्षीय रूपेश महर्जनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
रूपेशले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडिहरूतबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर धोबीघाटबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १६:५०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    