Public Pana
सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८०० ले बढेर तोलामा एक लाख ५४ हजार १०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलामा एक लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १८४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update