केन्याबिरुद्धको तेस्रो एक दिवसीय खेलमा ६ विकेटको जित निकाल्दै नेपालले तीन एक दिवसीय श्रृंखला क्लिनस्विप गरेको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गर्ने क्रममा नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दा श्रृंखला ३–० ले नेपालको पक्षमा परेको हो।
स्पिनर बसिर अहम्मद र कप्तान रोहित पौडेलले ९५ रनको अविजित साझेदारी गरेपछि श्रृंखला नेपालमा पक्षमा परेको हो।
यससँगै नेपालले केन्याबिरुद्धको दुवै सिरिज आफ्नो बनाएको छ। नेपालले यसअघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो।
नेपालको जितमा नट आउट रहेका बसिरले ५२ रनको पारी खेल्दा कप्तान रोहित ४६ रनमा नट आउट रहे।
बसिर अहमद ४९ बलमा ७ चौका प्रहार गर्दा रोहित ४६ बलमा ४ चौका प्रहार गर्न सके। पाँचौं विकेटका लागि बसिर अहमद र रोहितकुमार पौडेलले ९५ रनको अविजित साझेदारी गर्दै जित पक्का गराएका हुन्।
यसअघि नेपालका अर्जुन साउद ९० बलमा ३ चौका र २ छक्कासहित ५८ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ५१ बलमा १ चौकासहित ३३ रन बटुल्ने क्रममा एलबीडब्लूको धरापमा परेका थिए।
दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ८१ रनको साझेदारी गरेका थिए। देव खनाल १ रनमा पवेलियन फर्किए । त्यस अघि ओपनर आसिफ शेख ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रन जोड्दै राम्रो शुरुवात गरेका थिए।
बलिङतर्फ केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले समान १÷१ विकेट आफ्नो नाममा लेखाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले पूरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन मध्यम स्कोर बनाएको थियो।
केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेल्दा लुकास एनडानडासनले अविजित ५९ रनको अर्धशतकीय इनिङ खेले। सुखदिप सिंहले ३७ रन जोड्दा बसिरको बलमा सोमपाल कामीबाट क्याच हुँदा इमानुएल बुन्डीले २३ रनमा रन आउट हुन पुगेका थिए।
कप्तान शेम एनगोचे १७ रन बटुल्ने क्रममा आदिल अन्सारीको बलमा बोल्ड हुन पुगे । यसका अलावा नेपालका सोमपाल कामी र आदील अन्सारीले २÷२ विकेट लिए । यस्तै शाहब आलमको नाममा एक विकेट रह्यो । श्रृखंला अन्तर्गत पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले अभ्यासका लागि केन्या भ्रमण गरेको हो। नयाँ प्रशिक्षक मनोज प्रभाकारको अग्नि परीक्षाको रुपमा हेरिएको श्रृंखला नेपालको पक्षमा परेपनि ब्याटिङ सुधारको अपेक्षा अझै कायमै रहेको छ।
1662430199.jpg)
1662430198.jpg)
1662430197.jpg)
1662430197.jpg)
1662430194.jpg)
1662430190.jpg)
1662430188.jpg)
1662430188.jpg)
1662430186.jpg)
1662430186.jpg)


