Public Pana
एमालेको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं  । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको आजको बैठक संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्न बोलाइएको हो ।

बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा छलफल, संसद्लाई कसरी प्रभावकारी बनाउने र सांसद कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुनेछ । बैठकमा सरकारले ल्याएका अध्यादेशको बचाउमा एकमत भएर जान प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन दिनेछन् ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update