Public Pana
प्यूठानमा स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ज्यान गुमाउने प्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्रीले सो घटनाप्रति दुःख व्यक्त गर्दै भन्नुभएको छ, ‘‘प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएको खबरले दुखित बनाएको छ। घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली ? उहाँका सबै आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’’

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update