भोलीदेखि बढ्ने भो हवाइ भाडा ६ प्रतिशतले

भोली साउन १ गते सोमबारदेखि हवाइ भाडा बढ्ने भएको छ ।
वायुसेवा कम्पनीहरूले आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले बढ्ने जनाएका छन् ।
सबै हवाइ सञ्चालकहरुले भोलीदेखि लागू हुने गरी हवाइ भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका हुन् ।
आर्थिक वर्ष २०८०-२०८१ को बजेटमा हवाइ यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ ।
हवाई टिकट ६ प्रतिशत हाराहारी बढ्नेछ । हवाइ टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा भने मुल्य बढ्नेछैन ।
हवाइ इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने भएको हो ।
हाल भ्याट अन्तर्गत १३ प्रतिशत कर लाग्छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १७:०२
प्रतिक्रिया दिनुहोस्