नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ । डिजलको नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेको छ ।
अब एलपीजीको नयाँ मूल्य १७९० रूपैयाँ कायम भएको छ ।
यसअघि आजै आइतबार इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीमा कुनैको महंगो केहीको सस्तो दर तोकेका थियो ।
जस अन्तर्गत पेट्रोलियम पदार्थको मुल्य केही सस्तो हुने संकेत निगमले देखाएको थियो ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० २०:०९
प्रतिक्रिया दिनुहोस्