
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषिका लागि मुख्य कानुन आवश्यक रहेको भन्दै त्यसको मस्यौदा तयार भएको बताएका छन् ।
कृषि ऐनको मस्यौदा तयार भएको र यसको बारेमा छलफल जारी रहेकोले चाँडै टुङ्गो लाग्ने उनले बताए । ऐनलाई छिटो छिटो अगाडि बढाएर सांसदबाट पारित गराएर कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ थियो ।
कानुन आवश्यकता अनुसार संशोधन गर्न सकिने भएकाले यसमा आआफ्नो सुझाव दिएर सहयोग गर्न उनले आग्रह गरे । खाद्यका लागि कृषि अभियानले आयोजना गरेको एकीकृत कृषि ऐनको आवश्यकता बारे प्रारम्भिक छलफल कार्यक्रममा
उनले यस ऐनको बारेमा प्रदेश पनि छलफल भइरहेको बताए ।
बाँकी रहेका विषयमा संसद्मा छलफल हुने बताउँदै उनले मन्त्रीपरिषद्बाट पारित गराएर चाँडै नै संसद्मा लैजाने बताए ।
यस ऐनको २०७६ सालमा पहिलो ड्राफ्ट तयार गरिएको थियो ।