निर्माण व्यवसायीद्वारा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना

निर्माण व्यवसायीहरूले आज आजइतबार सार्वजनिक खरिद अनुगमनको कार्यालय घेराउ गरेका छन् ।
निर्माण व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।
प्रदर्शनमा व्यवसायीहरुले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १३:१४
प्रतिक्रिया दिनुहोस्