
मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी भएपछि शेयर झनै उच्च अंकले घटेको छ ।
आज आइतबार नेप्से २६.७३ विन्दुले घटेर २१००.३४ अंकमा आएर अडिएको छ ।
यस्ता विन्दुहरु आम लगानीकर्ताका लागि मनोवैज्ञानिक रुपमा समेत महत्वपूर्ण हुने गर्छन् ।
यसअघि मौद्रिक नीति सार्वजनिक हुने दिन बजार २२२७.१६ विन्दुमा बन्द भएको थियो ।
त्यसपछि लगातार बजार घटेको हो ।
यसबीचमा बजार करिब १२७ अंक घटिसकेको देखिन्छ । आज आइतबार करिब २ अर्ब ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
५० लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशतमात्र गरिए पनि लगानीकर्ता खुशी हुन सकेका छैनन् । यस दिन २६६ कम्पनीको ६८ लाख ६० हजार कित्ता शेयर कारोबार भएको छ ।
१४ करोड ७८ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र एभरेष्ट बैंक परेका छन् ।