स्वचालित मुल्य प्रणाली
पेट्रोल र डिजेलको मुल्य बढ्यो, खाना पकाउने ग्यासमा १३० रुपैया घट्यो
मट्टीतेल लिटरमा ७ रूपैयाँ बृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेलको मुल्य बृद्धि लगरेको छ । खाना पकाउने ग्यासको भाउ भने घटाएको छ।
आज मंगलवार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो।
निगमका अनुसार पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ।
भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेकोनिगमले जनाएको छ ।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।
निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।
पेट्रोल र डिजेलमा मुल्य बढेसँगै फेरी सार्वजगनक यातायातको भाडा बढ्ने देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० २०:५०
प्रतिक्रिया दिनुहोस्