आजदेखी खाना पकाउने ग्याँसको मुल्य १ सय ३० रुपैया सस्तो

आजबाट खाना पकाउने ग्यासको मुल्य १ सय ३० रुपैया सस्तो भएको छ । ग्यासमा प्रतिसिडिण्डर १ सय ३० रुपैया घटेर सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ भने बढाएको छ ।
गए राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो।
निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ।
भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ। ग्यासमा भने प्रतिसिलिन्डर ११७ रूपैयाँ ६२ पैसा घटाएर पठाएको छ।
हवाई इन्धनको भाउ भने यथावत छ
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० ०७:५६
प्रतिक्रिया दिनुहोस्