
टमाटरको मूल्य उच्च उपभोक्ता मारमा परेका छन् । नेपाली टमाटर नै यसरी महंगो भएकाले किसान भने खुँसी छन् ।
गोलभेँडाको मूल्य आफूले खेती गरेको इतिहासमै सबैभन्दा धेरै प्रतिकिलो ११० पाउँदा किसानको खुसीको सिमा छैन ।
यसले नेपाल कृषि प्रधान देश र नेपाली किसान भएर विश्वभर चर्चामा आउनुका साथै नेपाली कृषि वस्तु टमाटर जस्तै उत्पादनमा जोड दिन सरकार लाग्ला ? यो प्रश्न उठिरहेको छ ।
किसानसँ ११० मा किन्दा बजारमा १८०प्रतिकिलो पुगेको छ । तर बजार अनुगमन नहुँदा भारतबाट आयात भएको टमाटर बजारमा बढेको छ भने, नेपालका विभिन्न स्थानमा गोलभेँडाको मूल्य अत्याधिक हुनुमा माग धेरै भएको किसानको भनाइ छ ।
त्यही अनुसार गोलभेँडा नेपालका विभिन्न जिल्ला धरान, इटहरी, विराटनगर, दमक, विर्तामोत लगायत विभिन्न स्थानमा व्यापारीको चाप समेत बढेकाले किसान खुसी भएका हुन् ।
केही समय अघि नेपालमा भारतीय गोलभेँडा खुलेआम आयात भएको भन्दै किसानहरुले सडकमा पोखेर विरोध गरेका थिए ।
अहिले पहाडी जिल्लाका किसानहरुले अग्रिम भुक्तानी लिएर मात्र व्यापारीलाई गोलभेँडा बिक्री गर्ने गरेका छन् ।