राष्ट्र बैंकमा एक तिहाइ युवा

नेपाल राष्ट्र बैंकमा कर्मचारी कार्यरत कर्मचारीहरुमध्ये करिब एक तिहाइ युवा रहेका छन् ।
युवा मापनमा कर्मचारीको उमेर ३१ देखि ४० वर्षका ३ सय ५६ जना रहेका छन् । यो कुल कर्मचारीमध्ये ३२.९ प्रतिशत हो ।
केन्द्रीय बैंक आफैंले गरेको ‘ह्युमन रिर्सोस म्यानेजमेन्ट प्राक्टिस इन नेपाल राष्ट्र बैंक’ भन्ने अध्ययनमा कुल १ हजार ८२ जना कर्मचारी छन् ।
त्यस्तै, ४१ देखि ५० वर्ष उमेर समुहका २५.८८ प्रतिशत कर्मचारी छन् । ५१ देखि ५८ वर्ष उमेर समुहका २१.९० जना र २० देखि ३० वर्ष उमेर समुहका १९.३२ कर्मचारी छन् ।
कुल कर्मचारीमा अधिकृत तहका कर्मचारीहरू ५६३ र सहायक तहका ५२५ जना रहेका छन् । कुल कर्मचारीमा अधिकृत तहका कर्मचारी ५२ प्रतिशत र सहायकस्तरका ४८ प्रतिशत देखिएको हो ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० २०:१२
प्रतिक्रिया दिनुहोस्