शेयर बजार सामान्य घट्यो, २ अर्ब ९ करोड रुपैयाँको कारोबार

शेयर बजार आज सोमवार सामान्य घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज सोमबार तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ विन्दुमा झरेको छ ।
आज फाइनान्स, होटल, जलविद्युत्, लगानी, बीमा, अन्य र व्यापार समूहको शेयर सामान्य ओरालो लागेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ ।
सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनी र अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
सोमबार ५४ लाख १७ हजार कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको ११ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १९:३८
प्रतिक्रिया दिनुहोस्