आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४४ रूपैयाँ ९३ पैसा र बिक्री दर १४५ रूपैयाँ ५९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १७ पैसा र बिक्री दर १६८ रूपैयाँ ९३ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा र बिक्री दर ३६ रूपैयाँ ५२ पैसा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० ०६:५०
प्रतिक्रिया दिनुहोस्