
चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो महिना साउनमा नेपालमा करिब ३ अर्ब रुपैयाँको स्मार्टफोन भित्रिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार साउनमा २ अर्ब ८६ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको एक लाख ७९ हजार ९९७ यूनिट स्मार्टफोन आयात भएको छ ।
गत आर्थिक वर्ष २०७९--० को सोही अवधिको तुलनामा स्मार्टफोनको आयात थोरैले बढेको देखिन्छ । गत आवको साउनमा २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको १ लाख ७६ हजार २४९ यूनिट स्मार्टफोन आयात भएको थियो ।
गत आवको पहिलो महिनाको तुलनामा चालु आवमा स्मार्टफोनको आयात २९ करोड ४५ लाख २७ हजार रुपैयाँ अर्थात ११.४४ प्रतिशत बढेको छ ।
गत आवको तुलनामा चालु आवमा स्मार्टफोनको आयात ३ हजार ७४८ यूनिटले बढेको छ ।
चालु आवमा स्मार्टफोनको आयातबाट सरकारले ५३ करोड ४९ लाख ४६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा २८ मुलुकबाट स्मार्टफोन भित्रिएको देखिन्छ ।
नेपालमा भित्रिने स्मार्टफोन ९९ प्रतिशतभन्दा धेरै दुई छिमेकी मुलुक चीन र भारतबाट आउने गरेको छ ।
चीनबाट १ अर्ब ९० करोड ३६ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख २३ हजार ९५७ यूनिट स्मार्टफोन आयात भएको छ ।
भारतबाट ९४ करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको ५५ हजार ६८४ युनिट स्मार्टफोन आयात भएको छ ।
बाँकी २६ ओटा मुलुक २ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको ३५६ यूनिट स्मार्टफोन आयात भएको छ ।